सहकारीकर्मीमाथि भएको दुर्व्यहारको भत्सर्ना

झापा, भाखा नाघेको ऋण ताकेता गर्न गएका सहकारीका कर्मचारीमाथि दुर्व्यहारको घटनाको झापा जिल्ला सहकारी संघले भत्सर्ना गरेको छ । घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दोषी संलग्न व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम कारवाहीमा ल्याउन संघले माग गरेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसका मोरङ जिल्ला मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र कर्मचारी सुशीला लामिछाने वि.क.लाई दुईजना ऋणी सदस्यले भाखा नाघेको ऋण ताकेता गर्ने क्रममा भौतिक आक्रमण र दुर्व्यहार गरेका थिए।

सहकारीमा सदस्यहरुकै श्रम र पसिनाबाट आर्जित रकम बचतको रुपमा जम्मा गरी संस्थामार्फत सदस्यहरुलाई नै ऋण लगानी गरिने गरेको तर केहि समय यता ऋण तिर्न नपर्ने भन्दै कतिपय अराजक समुहको उक्साहटमा लागि वित्तीय तथा बचतऋण संस्थामाथि प्रहार केन्द्रित हुन थालेको संघले जनाएको छ । कोअपरेटिभ म्यानेजर क्लब, झापाले पनि घटनाप्रति खेद जनाएको छ । सहकारीका कर्मचारीमाथि अभद्र, अपमानजना र अमानवीय व्यवहार गरिएबाट कानुनी राज्यको नै उपहास भएको ठहर गर्दै त्यस्तो व्यवहार गर्ने व्यक्ति तथा समुहलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन क्लबले माग गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *