छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षाको नतिजा सार्बजनिक गरेको छ ।

शनिबार सम्पन्न परीक्षामा देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएकामा १४ हजार १७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए ।

गलत उत्तरका लागि नकारात्मक अङ्कन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क आवश्यक रहेको शिक्षा विभागले जनाएको छ ।

यसरी हेर्नुहोस् परीक्षाको नतिजा

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *