नेता कोइरालाले आफु निकट सांसदलाई छलफलका लागि बोलाए
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि बोलाएका छन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सांसदहरूलाई नेता कोइरालाले छलफलका लागि बोलाएका हुन् । संस्थापन इतरका एक नेताले बैठकका लागि कोइरालाले बोलाएको बताएका छन् । पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि छलफलको क्रम तिव्र पारेका छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर कोइरालाले भेटेका थिए । कोइराला निकटका नेताहरूका अनुसार उनले अन्य दलका मूल नेतृत्वसँग पनि भेट्दै छन् ।