प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका लागि जाने भएका छन् । स्रोतका अनुसार उनको भ्रमण भदौ ३१ मा हुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको बुझिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण छोटो भारत भ्रमण हुनेछ । प्रधानमन्त्रीको टोली ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने र नेपाली सरकारी प्रतिनिधिमण्डल सहित त्यसको भोलिपल्ट १ असोजमा काठमाडौं फर्कने छ ।

यस भ्रमण विशेष नभएको तर दुईपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउने, विगतका समझदारीहरुलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरुलाई अघि बढाउनेतर्फ केन्द्रित हुनेछ । त्यसैगरी भारतीय प्रधानमन्त्री पनि नेपाल आउँनसक्ने स्रोतले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी नेपालको कुनै धार्मिक पर्यटकीय वा व्यापारिक महत्वको ठाउँमा आउन सक्ने र प्रधानमन्त्री ओलीले मोदीलाई त्यहीँ स्वागत गर्ने सम्भावना रहेको बताइएको छ ।

स्रोतका अनुसार मोदी आगामी कात्तिक पहिलो हप्ता नेपाल आउन सक्ने छन् र उक्त भ्रमण पनि छोटो नै रहनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *