प्रधानमन्त्री ओली र पुर्वराष्ट्रपति भण्डारीबिच आज भेटवार्ता हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच आज भेटबार्ता हुने भएको छ ।

एमाले पार्टी कार्यालयमा आज (दिउँसो ३ बजे) भेट्ने कार्यक्रम तय भएको बुझिएको छ । एमालेको पोलिटब्युरो बैठकमा हिजो भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो । नेताहरूले विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएका थिए ।

त्यहीबारे छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन् । सोहि छलफलका लागि पूर्वराष्ट्रपति भण्डारी पार्टी केन्द्रीय कार्यालय जाने तयारी गरेकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *