बन्दीपुर केवलकारको आईपीओ खुला

काठमाडौं । बन्दीपुर केवलकारले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर निष्काशन (आइपीओ) निष्काशन तथा बिक्री खुला गरेको हो । सोमबार खुला गरिएको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले साउन २० गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ९ गतेसम्म आवेदन दिन पाउनेछन् । तोकिएको समयमा वैदेशिक रोजगारीमा जानेका लागि खुला गरिएको आईपीओ सब्स्क्राइब नभएको २० गतेसम्म समय दिइएको छ । कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०. ७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन गर्न लागेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तनहुँ गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा र भानु नगरपालिकाको १ नम्बर वडाका सर्वसाधारण तथा वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउँछन् । आयोजना प्रभावितका लागि जारी पुँजीको २ प्रतिशत अर्थात् ५ करोड ६६ लाख रूपैयाँ र वैदेशिक रोजगारीका लागि बाँकी रहेको ५२ करोड ९४ लाखको १० प्रतिशत अर्थात् ५२ लाख ९४ हजार कित्ताका लागि आवेदन खुला गरिएको हो । बाँकी ४७ लाख ६४ हजार ६ सय कित्ता भने अन्य सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका आवेदनकर्ताले न्युनतम १० देखि २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । यसरी ढिलो अवधिसम्म पनि माग भएअनुसार आवेदन नभए बाँकी सेयरमा अन्य सर्वसाधारणले आवेदन दिन पाउँछन् । बन्दीपुर केबलकारको अनुमानित कुल लाग ३ अर्ब ८५ करोड रूपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *