मनमोहनबाहेक नेपालका अरु कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाएको जनार्दनको दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारीबाहेक कुनै पनि नेपालका कम्युनिस्ट प्रधानमन्त्री बिचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको स्वीकार गरेका छन् ।
मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री शर्माले नेपालमा ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि सिद्धान्त अनुसार काम गर्न नसकेको बताए । उपमहासचिव शर्माले भने(प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुस्खका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ । यो आरोप होइन,यथार्थ हो ।
शर्माले अहिलेका ऐन कानूनहरु दलाल पुँजीपतिको पक्षपोषण गर्ने र बम्हलुट गर्न टेवा पुर्याउने खालका रहेको भन्दै उनले सत्ताका लागि कम्युनिस्ट पार्टीले राज्य पुन संरचनाको एजेण्डा छाडेको बताए ।