वित्तीय कारोबारमा शुवप्रभा सेभिङ्गको ‘कमव्याक’, कुल सम्पत्ति १ अर्ब माथि पुर्याउन सफल
काठमाण्डौं । शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिटको अपरेटिभले वित्तीय कारोबारमा पहिलेकै अवस्थामा फर्कन सफल भएको छ । वितेका केहि बर्षहरुमा सहकारी क्षेत्रमा आएको वित्तीय संकटको कारण त्यसको प्रभाव संस्थामा पर्दा समग्र वित्तीय सुचाङ्कहरुमा गिरावट आएको थियो । तर क्रमशः सहकारी क्षेत्रमा आएको सुधार र संस्थाप्रति सदस्यहरुको बढ्दो विश्वासको कारण गत आ.ब.मा संस्थाले कुल सम्पत्ति १ अर्ब माथि पुर्याउन सफल भएको हो । विगतमा शहरी क्षेत्रका केहि सहकारी संस्थाले सदस्यको बचत फिर्ता नगर्दा त्यसको प्रभाव सुभप्रवा सहकारी संस्थामा समेत परेको थियो । जसको कारण १ अर्ब नजिक पुगेको संस्थाको कुल सम्पत्ति घटेर ७४ करोडमा सिमित भएको थियो । वित्तीय संकटका विचमा पनि संस्थाले समुदाय र सदस्य केन्द्रीत वित्तीय कारोबार गरेसँगै गत आर्थिक बर्षको असार मसान्तमा वित्तीय कारोबार पहिलेकै अवस्था ल्याइपुर्याउन संस्था सफल भएको हो । सहकारी मूल्य, मान्यता र सिद्धान्तका साथै सहकारी ऐन नियमलाई पालना गरेर अगाडि बढेकै कारण सहकारीप्रति सदस्यको विश्वास फर्किएको हो । अरु सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न नसकिराखेको अवस्थामा पनि शुभप्रवाले भने सदस्यहरुले आफ्नो खातामा रहेको जतिसुकै बचत फिर्ता गर्न सकेका कारण पछिल्लो समय संस्थाप्रति सदस्यको विश्वास बढेर गएको अपरेशन अधिकृत दिपक पुडासैनीले बताए । उनले २ बर्ष अगाडि ७४ करोडमा पुगेको कुल सम्पत्ति गत असार मसान्तसम्म आइपुग्दा १ अर्ब माथि पुर्याउन सफल भएको बताए । यसबिचमा संस्थाको शेयर पुँजी, कोषहरु तथा बचतमा समेत वृद्धि भएसँगै कुल सम्पत्तिमा समेत वृद्धि भएको उनको भनाई छ । आर्थिक बर्ष २०८१।८२ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी १० करोड १७ लाख २९ हजार,जगेडा कोष ४ करोड ७५ लाख कुल संस्थागत पुँजी ४ करोड ८३ लाख ९८ हजार र विभिन्न कोषहरुमा ८ करोड २१ लाख १२ हजार पुगेको छ । त्यसैगरी संस्थाको बचत ७४ करोड २१ लाख ११ हजार, ऋण लगानी ६३ करोड २९ लाख गरी कुल सम्पत्ति १ अर्ब ३ करोड पुगेको छ । संस्थामा १ हजार ६३३ सदस्य आवद्ध रहेका छन् भने ६३४ सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् । मुलुकको आर्थिक क्रियाकलापमा सुस्तता आउँदा संस्थाले ऋण लगानी भने वृद्धि गर्न सकेको छैन । जसले गर्दा संस्थामा तरलता बढेर गएको छ । सहकारी प्राधिकरणले जारी गरेको निर्देशनमा बचत तथा ऋण सहकारी संस्थाहरुलाई न्युनतम १५ प्रतिशत तरलता कायम गर्न भने पनि शुभप्रवामा झन्डै ३३ प्रतिशत तरलता रहेको छ । संस्थामा गत असार मसान्तसम्म २४ करोड ४३ लाख तरलता रकम रहेको छ । संस्थाले सदस्यहरुलाई सहज र सरल रुपमा वित्तीय सेवा प्रदान गर्ने उदेश्यका साथ एटिएम, मोबाइल बैकिङ्ग क्यु आर लगायतका विभिन्न सेवा सञ्चालनमा ल्याइसकेको छ ।