अहिलेसम्मको भ्रष्ट र विवादित मन्त्रिपरिषद् प्रधानमन्त्री ओली नेतृत्वकै भएको दाबी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले अहिलेसम्मको भ्रष्ट र विवादित मन्त्रिपरिषद् अहिले प्रधानमन्त्री केपी ओली नेतृत्वकै भएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आफू भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भने पनि व्यवहारमा नदेखिएको बताए । उनले भने, ‘अख्तियारमा बयान दिन मन्त्री, पूर्वमन्त्री र कर्मचारीहरूको जुलुस लागेको छ । यो त अलि लज्जाजनक भएन र प्रधानमन्त्रीज्यू ? भ्रष्टाचारमा जोडिएका मन्त्रीहरूलाई राजीनामा दिएर मात्रै उन्मुक्ति दिने होइन, कारबाहीको प्रक्रिया अघि बढाइयोस् ।’
सरकार गठन भएको एक वर्षसम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए ।