पाँडेले फिल्म निर्देशन गर्ने

काठमाडौँ । ‘सक्कीगोनी’ मा पाँडेको चरित्रबाट चर्चित भएका कलाकार अर्जुन घिमिरेले फिल्म निर्देशन गर्ने भएका छन् ।

उनले निर्देशन गर्ने फिल्मको नाम ‘झरी पछिको इन्द्रेणी’ राखिएको छ । जुन चलचित्र विकास बोर्डमा दर्ता समेत भएको छ । घिमिरेले केही समयअघि जेपिटी क्रिएसन मार्फत ‘लाज शरणम्’ निर्माण गरेका थिए । घिमिरेको निर्देशनम रहने फिल्म अहिले लेखन कार्यमा छ । सुशील कडरियाले निर्माण गर्न लागेको फिल्मको कथा कुमार व्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् ।

फिल्म पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । फिल्मको कलाकार र विषयवस्तु केही पछि जानकारी गराउने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *