चौधरी ग्रुपको चालु आर्थिक वर्षको नौ महिनामा बियर व्यापारमा सुधार

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी ब्रुअरी नेपाल लिमिटेडको चालु आर्थिक वर्षको नौ महिनामा बियर व्यापारमा सुधार आएको छ । सन् २०२५ को नौ महिनाको आर्थिक वर्षको तुलनामा बिक्री गति केही हदसम्म सुधार भएको सीजी ब्रुअरीले जनाएको छ । चालु वर्षको नौ महिनामा सीजी ब्रुअरीले दुई अर्ब २१ करोड १० लाख रुपैयाँको बियर व्यापार गरेको छ । सन् २०२४ को ९ महिनाको तुलनामा बिक्री भएका केसहरू १६ प्रतिशत बढी भएको उद्योगले जनाएको छ । यसबीचमा मार्जिनमा सुधार भए पनि तीव्र प्रतिस्पर्धा रहेको छ ।

व्यापारमा सुधारसँगै इबिटा मार्जिन २.४ प्रतिशत सकरात्मक भएको छ । गत वर्ष दुई अर्ब ६७ करोड ७० लाख रुपैयाँ बियर कारोबार गरेको थियो । यस्तै, २०२३ मा दुई अर्ब २३ करोड, २०२२ मा चार अर्ब ५४ करोड र २०२१ मा तीन अर्ब ९१ करोड रुपैयाँको बियर व्यापार गरेको थियो । सीजीको घरेलु बियर खण्डहरूमा नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रङ बियर रहेको छ । २०२० को अन्त्यतिर यसको सुरुआतदेखि नै राम्रो प्रतिष्ठा कमाएको छ । नेपाल आइस र मुस्ताङ प्रिमियमले जुलाई २०२४ को मध्यमा समाप्त हुने चार वर्षमा कुल राजस्वको ७० प्रतिशतभन्दा बढी कमाएको छ । ३०० डिलर र ५३ हजार खुद्रा विक्रेताहरू रहेका छन् । नेपाल आइस, रियल गोल्ड र मुस्ताङ हङकङ, जापान, बेलायत, अमेरिका र अष्ट्रेलियामासमेत निर्यात भइरहेको छ । पहिले सन गोल्ड ब्रुअरी प्राइभेट लिमिटेडको नामले चिनिने सीजीको प्रति वर्ष पाँच लाख ८५ हजार हेक्टोलिटर बियर उत्पादन गर्ने क्षमता छ । प्रमुख सेयरधारक सीजी फुड्स नेपाल लिमिटेड हो । जुन चौधरी समूहको एफएमसीजी एकाइ हो । यसले युरोप र भारतबाट ब्रुइङको लागि माल्ट आयात गर्छ र नेपाली आपूर्तिकर्ताहरूबाट चामलको कनिका र चिनी जस्ता कच्चा पदार्थहरू खरिद गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *