शुक्रबार सुनको मूल्य कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सयले घटेर तोलाको एक लाख ९४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २३३५ मा कारोबार भएको थियो । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *