ड्रोनबाट हेर्नुहोस् टियु क्रिकेट मैदान
काठमाडौँ । नेपाल क्रिकेटको प्रमुख केन्द्रका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा अहिले तीव्र गतिमा विकासको कार्य भइरहेको छ । मैदानमा हाल प्याराफिट निर्माण, कुर्सी राख्ने काम लगायत पूर्वाधार सुधारका कामहरू भइरहेका छन् ।
यसै सन्दर्भमा नेपाल क्रिकेट संघ (क्यान) ले मैदानको ताजा अवस्थालाई देखाउने उद्देश्यले ड्रोनबाट खिचिएको केहि तस्बिर सार्वजनिक गरेको छ। उक्त तस्बिरमा प्याराफिट निर्माण, कुर्सी राख्ने लगायत अन्य पूर्वाधार विकासका कार्यहरू प्रस्ट देख्न सकिन्छ । क्रिकेटप्रेमीहरूका लागि क्रिकेटको केन्द्रबिन्दु होम ग्राउण्ड मानिने यस मैदान निर्माणपछि अझ सुविधासम्पन्न र अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना गर्न सक्षम हुने अपेक्षा गरिएको छ ।
https://www.facebook.com/share/p/19DXQsLtNS
तस्विर: क्यान