नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ३० करोड मूल्य बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा लक्ष्मी सनराइज तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डका तर्फबाट अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरे ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड नेपालको अग्रणी स्थायी पूँजी साधन लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ । ग्लोबल इक्विटी फण्ड नेपालको पहिलो नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक हो । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्टले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता प्रमुख क्षेत्रहरूमा सञ्चालन हुने कम्पनीहरूमा पूँजी परिचालन गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *