मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कारण छैन- मुख्यमन्त्री बहादुर लामा

काठमाडौँ । मुख्यमन्त्री बहादुर सिंह लामाले आफू काँग्रेसको संसदीय दलको नेतामा पराजित भए पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

काँग्रेस बागमतीको दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू संविधानअनुसार चल्ने बताए । उनले भने, ‘राजीनामा दिनुपर्ने कुनै आधार छैन । हामी संविधान अनुसार चल्ने हो ।’ उनले आफू नेतृत्वको सरकार संविधानको धारा १६८ को ९२० अनुसार बनेकाले मुख्यमन्त्री बन्न दलको नेता नचाहिने उनको तर्क छ ।

संविधान अनुसार दुई वर्षसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *