अनशनमा रहेका खोटाङका प्रमुख भट्टराई अस्पतालमा भर्ना

काठमाडौं । आमरण अनशनमा रहेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई वीर अस्पतालमा भर्ना भएका छन्।

तीन दिनको भोकहड्तालपछि साउन १४ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका प्रमुख भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गरिएको हो । भट्टराईको सचिवालयका अनुसार उनी अस्पतालमै अनशनलाई निरन्तरता दिइरहेका छन्।

माइतीघर मण्डलामा भट्टराईको अनशन जारी रहेका बेला बुधबार साँझ उनलाई हटाउन प्रहरीले प्रयास गर्दा प्रहरी र उनका समर्थकबीच भनाभनसमेत भएको थियो। उनका माग हालसम्म सम्बोधन नभएकाले अनशन जारी राखिएको सचिवालयले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *