झलनाथ खनाललाई राजीनामा दिएर जान अध्यक्ष नेपालको सुझाव

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वरिष्ठ नेता झलनाथ खनाललाई खुरुक्क राजीनामा दिएर जान सुझाव दिएका छन् ।

सम्मानित नेता खनालले एक अन्तरवार्तामा एमाले फुटाएर गल्ती गरिएको अभिव्यक्ति दिएपछि नेपालले जवाफमा यस्तो भनेका हुन् । पार्टी भित्र निर्णय नमान्ने नेताहरूको सूचीमा खनाल एक नम्बरमा रहेको भन्दै उनले खनाललाई पार्टीमा बस्ने अधिकार समेत नभएको बताए । उनले भने ‘उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन । अचेल त एआई को जमाना छ । नबालेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । उहाँले पाटीबाट बिदा लिनुपर्छ ।

उनले खनाललाई पाटीको निर्णय उलंघन गर्ने कुरामा नम्बर वान भएको बताए । उनले माओवादीसँग समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पाटी बिचको सम्बन्धलाई विश्वासको जगमा खडा गर्ने र सहकार्यलाई बलियो बनाउने गरी जाम भनेर छलफल भइरहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *