‘बलिदान’ का ४ क्यारेक्टर पोस्टर

काठमाडौँ । दशैंमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बलिदान’ का ४ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

कलाकार अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनले निर्वाह गरेका चरित्रको पोस्टर सार्वजनिक गरिएको हो । सेन यो फिल्मका निर्देशक समेत हुन् । पोस्टर सार्वजनिक गर्दै सन्तोष सेनले भनेका छन्यी तस्वीर केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्र हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन् ।

बुढाथोकी प्रशस्तै फिल्ममा खलपात्रको चरित्र निर्वाह गरेका अनुभवी अभिनेता हुन् । निर्देशक सेनले बुढाथोकीको भूमिकाबारे उल्लेख गर्दै भनेका छन्, ‘जसको उपस्थितिले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ । त्यस्तै, समयसँगै आफ्नो अभिनय यात्रामा गहिरो प्रभाव जमाएका अर्पण थापा, जसको आँखाबाट शब्दहरू बोल्छन् र चरित्रको पीडा, विद्रोह र सत्यता दर्शकले महसुस गर्नेछन् । र, फरक ढङ्गले समाजलाई प्रतिनिधित्व गर्दै आफ्नै धुनमा यात्रा तय गरेकी रिचा शर्मा, जसले प्रत्येक संवादमा जीवनको असल मर्मलाई उजागर गर्नेछिन्..। यी अनुहारहरूको साथसाथै, आज मैले पनि मेरो पात्रलाई दर्शकहरूमाझ प्रस्तुत गरेको छु एक यस्तो पात्र, जो केवल कथा भित्र सीमित छैन, उसले आफ्नो समाजलाई परिभाषित गरेको छ..।

निर्देशक सेनले एउटा सिनेमाटिक क्रान्तिको सुरुवात भन्दै विभिन्न चरणको छायांकन, सम्पादन र सृजनात्मक परिश्रमपछि  गर्वका साथ बलिदान केवल चलचित्र नभएर अब एउटा अभियान बनिसकेको बताएका छन् । यस अघि प्रेमगीत- ३ निर्देशन गरेका सेनको यो दोस्रो निर्देशकीय फिल्म हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *