निजामती विधेयक छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग

काठमाडौँ । विपक्षी दलहरूले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।

सभामा प्रतिवेदन पेस भएसँगै कार्यान्वयनमा जानुपर्ने भनेर विपक्षी दलहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गरेका छन् । आफूहरूले औपचारिक रूपमै सभामा प्रतिवेदन पेस भएपछि कार्यान्वयनमा लैजान सभाबाट नै भनेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए। छानबिन प्रतिवेदन संसद्‍मा पेस भएको छ । लगत्तै आफूहरूले उक्त प्रतिवेदन तदारुकताका साथ कार्यान्वयनमा लैजान भनेको पाण्डेले बताए।

प्रतिनिधि सभाको बैठक यही साउन २७ गते बस्दै छ । कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन प्रतिवेदन यही साउन २० गते प्रतिनिधि सभामा पेस भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *