प्रधानमन्त्री ओलीको राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका हुन् ।
शुक्रबार राति भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आइतबार बिहान शित्तल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
विभिन्न विषय साथै भ्रमणबारे र भ्रमणमा उठाइएका विषयबारे राष्ट्रपति समक्ष जानकारी गराइएको बताइएको छ ।