मन्त्री फेरबदलबारे कांग्रेस र एमालेबिच छलफल

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री फेरबदलबारे नेपाली कांग्रेस र नेकपा एमालेबिच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आइतबार भएको भेटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए ।

छलफलमा सरकारको काम प्रभावकारी नभएकाले कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरू बदलेर नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले राखेका जनाइएका छ । साथै ओलीले सरकार गठन भएको एक वर्ष भइसकेकाले केही नयाँ मन्त्रीहरू आवश्यक रहेको बताएका थिए । तर, देउवा भने ओलीको प्रस्तावमा सहमत भएनन् । देउवाले पार्टीको आन्तरिक विवादका कारण अहिले मन्त्रीपरिषद् हेरफेर गर्न नसकिने बताएका छन् ।

बैठकमा भूमि विधेयक, राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक र सङ्घीय निजामती कर्मचारी विधेयकबारे पनि कुराकानी भएको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *