सिद्धार्थ साकोस स्थापनाको १७ औं बर्षमा
भक्तपुर । शंखधरचोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले १७ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आथित्यतामा स्थापना दिवस मनाएको हो । तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा २०६६ साल श्रावण २३ गते विधिवत रुपमा संस्था दर्ता भई वित्तीय कारोबार गर्न सुरु गरेको उक्त संस्थाले सफलतापूर्वक १६ बर्ष पुरा गरेको छ । संस्थाले स्थापनाकालदेखि नै सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर संस्थाको ध्येय, उदेश्य र लक्ष्य अनुसार सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको छ । सदस्यहरुलाई आधुनिक र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै उनीहरुको आर्थिक सामाजिक रुपान्तरणमा संस्थाले उल्लेख भूमिका निर्वाह गरेको जनाएको छ । त्यसका साथै संस्थाले पर्यावरणिय क्षेत्रमा समेत काम गरी त्यस क्षेत्रको वातवारण सन्तुलन गर्न समेत महत्वपूर्ण योगदान पुर्याएको छ ।

आर्थिक बर्ष २०८१ ।८२ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ३ करोड ७७ लाख रहेको छ भने त्यस अवधि कुल सम्पत्ति ४४ करोड माथि पुगेको छ । संस्थामा १ हजार ६४४ जना सदस्य आवद्ध रहेका छन् । संस्थाले सदस्यहरुलाई उतृकष्ट वित्तीय सेवाको अतिरिक्त विप्रेषण सेवा,स्मार्ट बैकिङ्ग सेवा तथा क्युआर कोर्ड,ट्यावलेट बैकिङ्ग र ई टेलर सुविधा सञ्चालनमा ल्याएको छ । सदस्यहरुको विश्वासको कारणले गर्दा नै संस्था वित्तीय रुपमा दरिलो बन्दै गएको र राज्यले अर्थतन्त्रको ३ मध्ये एउटा खब्वाको रुपमा सहकारीलाई लिएको अवस्थामा सोही अनुसार काम गर्दै जाने संस्थाले जनाएको छ । सामाजिक समृद्धिको साझेदार भन्ने संस्थाको मुल मन्त्रलाई आत्मसात गर्दै सदा झै आगामी दिनमा पनि संस्थाले सदस्य लक्षित कार्यक्रम गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर सदस्यहरुलाई मझौला व्यवसाय,घर जग्गा खरिद,शैक्षिक ऋण,हायरपर्चेच र नारी ऋणमा ७.९९ प्रतिशत ब्याजमा लगानी भएको छ ।