रवि लामिछानेले सहकारी ठगेको स्वीकार गरे- सांसद न्यौपाने

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सुशासनको पाठ नपढाउन चेतावनी दिएकी छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद न्यौपानेले रास्वपा सभापति रवि लामिछानेले बिगो सहितको निवेदन अदालतमा दिएर सहकारी ठगेको स्वीकार गरिसकेको दाबी गर्दै संसदमा सुशासनको पाठ नपढाउन चेतावनी दिएकी हुन् । उनले भनेकी छन्- ‘केही साथीहरू भर्खरै हामीलाई लोकतन्त्र, विधिको शासनको पाठ पढाएर संसद् बहिष्कार गरेर बाहिरिनुभयो । उहाँको सभापतिको विषयमा भर्खरै हिजो रुपन्देही अदालतले एउटा निर्णय पनि गरेको छ। उहाँले आफूलाई सहकारी ठगीको रकम उहाँको भागमा जति पर्छ–२ करोड ७४ लाख ८४ हजारको बैङ्क जमानत रकम म त्यो तिर्छु मलाई बाहिरबाट मुद्दा लड्न दिइयोस् भनेर भन्नुभयो । अदालतले त्यो कुरालाई अस्वीकार गरिदियो। रविजीले ठगेको स्वीकार गर्नुभयो, भाग शान्ति म तिर्छु भन्नुभयो। तर अदालतले छाड्न मानेन त्यसमा धेरै कुरा थियो होला ।’

सांसद न्यौपानेले बिगो बापतको रकम मुद्दाको छिनोफानो नहुँदै सहकारी पीडितले पाउँछ र ? भन्ने प्रश्न गर्दै लामिछानेले शब्दमा खेलेर जालझेल गर्न खोजेको समेत उनको आरोप छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *