भिसाले खोल्यो नेपालमा कार्यालय, एनबीएसँग मिलेर साइबर सुरक्षा प्रवर्द्धनका काम गर्ने
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) र डिजिटल भुक्तानी सेवा प्रदायक (भिसा) बीच साइबर सुरक्षा सचेतना तथा क्षमता विकासका लागि कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको छ । भिसाले नेपालमा आधिकारिक रूपमा कार्यालय खोलेसँगै एनबीएसँग सहकार्य गर्ने सम्झौता गरेको हो । दीर्घकालीन साझेदारीमार्फत नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धनमा सक्रिय रहेका यी दुई संस्थाले अब साइबर सुरक्षामा रणनीतिक फोकस राख्दै कार्यक्रमहरू सञ्चालन गर्ने एनबीएका प्रमुख कार्यकारी अधिकृत (सीईओ( अनिल शर्माले बताए ।
सम्झौतासँगै नेपालका सबै प्रदेशहरूमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिने शर्मालेको भनाइ छ । प्रदेशस्तरीय कार्यक्रमलाई थप प्रभावकारी बनाउन, विभिन्न सरकारी निकाय, नियामक तथा सरोकारवालाको सहभागिता रहने एक व्यापक कार्यक्रम पनि आयोजना गरिनेछ । साथै, भिसा र बैंकका प्रतिनिधिहरूबीच अन्तरक्रियात्मक सत्रहरू पनि हुनेछन् । एनबीए र भिसाले यो साझेदारीबाट नेपालमा भुक्तानी प्रणालीलाई सुदृढ बनाउने, साइबर सुरक्षासम्बन्धी चेतना फैलाउने र अन्तर्राष्ट्रिय अनुभवबाट सिक्ने अवसर प्राप्त हुने विश्वास गरिएको छ । डिजिटल पेमेन्टको कुरा चलिरहँदा भिसा नेपाल प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भिसा कुनै सर्भिस लिर प्रचारमा भन्दा सहकार्यका लागि तयार भएको शर्मा बताउँछन् । यो सहकार्यले समुदायलाई फाइदा पुग्ने उनी बताउँछन् । हाल नेपालमा एक करोड १५ लाख डेबिट कार्ड रहेको शर्माले बताए । यी कार्डबाट वार्षिक एक करोड १५ लाखले ट्रान्जेक्सन हुने गरेको छ ।