रोहित जोशीको ‘छोडी जान्न भन्थ्यौ’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । मन छुने गीत ‘छोडी जान्न भन्थ्यौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक नरेन्द्र माबो लिम्बु को सुमधुर स्वरमा सजिएको यो गीतले प्रेम, वियोग र समर्पणको कथालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । गीतमा बादल माबो को शब्द, मणिपाल राईको संगीत र संगीत संयोजन (एरेञ्ज) उदयराज पौडेलको रहेको छ । गणेश चौधरीले रेकर्ड गरेका गीतलाई प्रकाश केसीले मिक्सिङ र मास्टरिङ गरेका छन्।

त्यसैगरी राजा माबोले निर्देशन गरेको भिडियो पनि भावुक र सशक्त अभिनयले भरिएको छ । भिडियोमा कलाकार रोहित जोशी, रबिना नेपाल, र रामकृष्ण चौधरीको अभिनय देख्न पाइन्छ । भिडियोको सम्पादन र रंग संयोजन रोशन धितालले गरेका छन् ।

‘छोडी जान्न भन्थ्यौ’ गीतले प्रेममा पर्नेको गहिरो भावना, वियोगको पीडा, र सम्झनाको कथा समेटेको छ । भिडियो नरेन्द्र माबो लिम्बुको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

भिडियो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *