मंसिरदेखि दैलेखको ग्यासको परीक्षण उत्पादन थाल्नू : प्रधानमन्त्री ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरदेखि दैलेखको ग्याँसको परीक्षण उत्पादन थाल्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई उक्त निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले आगामी मंसिरभित्र दैलेखको मिथेन ग्याँसको परीक्षण उत्पादन गराउन निर्देशन दिए। उत्पादकत्व बढाउने र गरिबीको दुष्चक्रमबाट मुलुकलाई बाहिर ल्याउने गरी तीव्रताका साथ काम गर्नुपर्नेमा उनको जोड थियो। अर्कातर्फ चीनमा निर्यात गर्ने गरी सबै किसानलाई व्यावसायिक भैंसी पालन गराउन, खेतीमा अर्ग्यानिक अभियान सञ्चालन गर्न, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन, ज्येष्ठ नागिरक संवाद भवनहरू बनाउन निर्देशन दिए।

यसैगरी दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा आयोजना गर्न, कीर्तिपुर क्रिकेट रंगशाला छिटो निर्माण सक्न, भक्तपुरमा ठूलो रंगशाला निर्माणको तयारी गर्न सम्बन्धित मन्त्रीहरूलाई ध्यानाकर्षण गराए। प्रधानमन्त्री ओलीले अन्तरिक्षमा नेपालको आफ्नै अर्बिटलाई उपयोग गर्न, आफ्नै रेल र सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउन आग्रह गर्दै रेलवे विस्तार गर्न, सुनकोसी–मरिन, भेरी–बबई तथा काठमाडौं तराई मधेस द्रुत मार्गजस्ता आयोजनाको काम छिटो सक्न, योग–आरोग्यताको अभियान सञ्चालन गर्न र मापदण्डका आधारमा कर्मचारीको सरूवा गर्न पनि मन्त्रीहरूलाई आग्रह गरे। मेरा यी कुराहरू प्रतिनिधिमूलक मात्रै हुन्, एवं रितले सबै मन्त्रीहरूले आफ्नो मन्त्रालयमा के नयाँ र परिवर्तनकारी काम गर्न सकिन्छ योजना बनाउनुस्, आउने भदौको अन्तिमतिर फेरि बसेर त्यस्ता काम निर्धारण गरेर अगाडि बढौुं, प्रधानमन्त्री ओलीले भने, मौलिक ढंगले हामी अघि बढ्नुपर्छ। साँच्चै माइलस्टोन हुने खालका काम गरौ । कार्यक्रममा चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका विषयमा प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *