वाग्मतीमा बाढी, सतर्कता अपनाउन आग्रह
काठमाडौं । काठमाडौंको वाग्मती नदीमा शनिबार दिउँसो बाढी आएको छ । गौरीघाटमा वाग्मतीको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । साउन ३१ गते, दिउँसो ४ः४० बजे । काठमाडौं जिल्लास्थित वाग्मती नदीको गौरीघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र आसपास बसोबास गर्ने र वाग्मती नदी किनार भई यात्रा गर्नेहरूले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।