सिंहदबारमा प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका मिस्रीले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ ।