एमालेको सक्रिय तथा संगठित सदस्य भएको विद्याको दाबी
विराटनगर । विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय तथा संगठित सदस्य भएको दाबी गरेकी छन्।
विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे औपचारिक जानकारी नपाएको बताउदै आफु एमालेको सक्रिय तथा संगठित सदस्य भएको दाबी गरेकी हुन् । भण्डारीले भनिन्- ‘म ४५ वर्षदेखि एमालेको संगठित सदस्य हुँ। हिजो पनि म एमाले भएरै राष्ट्रपति निर्वाचित भएकी हुँ र आज पनि त्यहीँ छु।’