नाडा अटो शो २०२५, टीएमवान, माउन्टेन र सोकोन ईभी भ्यानमा विशेष छुट
काठमाडौं। भोलिबाट शुरु हुने नाडा अटो शो २०२५ अटो प्रेमीहरूका लागि आकर्षक बनेको छ। फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएमवान र सोकोन ईभी भ्यानले प्रदर्शनीको अवसरमा विभिन्न छुट, अफर र भ्यालु प्याकेजहरू उपलब्ध गराउने घोषणा गरेका छन्। टीएमवानको मूल्य ३३ लाख ७४ हजार रुपैयाँबाट घटाएर २६ लाख ९९ हजार रुपैयाँ गरिएको छ। माउन्टेन ईभी र सोकोन ईभी भ्यानमा पनि छुट लागू गरिएको छ भने फोटोन टुनल्यान्ड पिकअपले आफ्नो छुटबारे प्रदर्शनीमै सार्वजनिक गर्ने भएको छ।
प्रदर्शनीमा बुकिङ गर्ने ग्राहकले बुकिङ ग्याजेट, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, अटोप्लस सेवा र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टी पाउनेछन्। साथै, सहज फाइनान्स सुविधा पनि उपलब्ध हुने आयोजक कम्पनीले जनाएको छ। टुनल्यान्ड पिकअप खरिद गर्नेले ट्राङक्विलिटी स्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजार रुपैयाँ बराबरको शपिङ कुपन, ३ वर्षसम्म पार्ट्ससहितको प्रिभेन्टिभ मेनटेनेन्स सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा प्राप्त गर्नेछन्। माउन्टेन ईभी भ्यान खरिद गर्नेले छुटसहित ५५ इन्चको स्मार्ट टिभी, ५ पटकसम्म निःशुल्क सर्भिसिङ र ब्रेक सुज पाउनेछन् भने सोकोन ईभी भ्यान खरिदमा पनि आकर्षक छुटसहित ५५ इन्च स्मार्ट टिभी उपलब्ध गराइनेछ।