सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्नेमा महामन्त्री थापाको जोड

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सांसद गगनकुमार थापाले सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्।

आजदेखि यहाँ सुरु भएको हिन्दूकुश हिमालय क्षेत्रका सांसदहरूको बैठकको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले अहिले दक्षिण एसिया जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौतीहरू सबैभन्दा संवेदनशील क्षेत्रको रूपमा देखिएको बताएका हुन् ।  उनले भारत, पाकिस्तान, नेपाल र बांङ्देशमा पछिल्ला जलवायुजन्य घटनाहरूले यस क्षेत्रमा जलवायु संकटलाई देखाएको उल्लेख गर्दै समयमा नै सतर्कता अपनाउनुपर्नेमा जोड दिए । महामन्त्री  थापाले पाकिस्तानमा हालै आएको बाढी पहिरो, साथै यस क्षेत्रभर देखिएका जलवायुसम्बन्धी अन्य प्रकोपहरूलाई उदाहरण दिँदै यो संकटको गम्भीर स्मरण गराएको बताए । उनले भने, “हामीले सीमा पारी जोखिम मूल्यांकन गर्न सक्छौँ, जानकारी र ज्ञानको सीमा पारी साझेदारी गर्न सक्छौँ । जलवायुजन्य संकट न्यूनीकरणका लागि अब चुप लागेर बस्नुहुँदैन ।”

महामन्त्री थापाले भविष्यमा यस्ता जलवायु संवादलाई निरन्तरता दिन आवश्यक रहेको बताए । “संसदीय बहसहरू, संवादहरू जारी राखौँ”, उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *