नाडा अटो शोमा बिवाइडी एटो टू सार्वजनिक
काठमाडौं । विद्युतीय सवारी साधन निर्माता बिवाइडीले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ कम्प्याक्ट एसयुभी एटो टू सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । बीवाइडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार एटो टूलाई कम्पनीको लोकप्रिय मोडल डल्फिन र एटो थ्रीको बिचको सेग्मेन्टमा राखिएको छ । यो गाडी कम्प्याक्ट एसयुभी सेग्मेन्टमा पर्छ, जुन एटो थ्रीभन्दा सानो तर भित्री डिजाइन र अनुभवमा एसयुभीको विशेषता बोकेको छ,ु उनले भनिन् । एटो टूमा १०० किलोवाट क्षमताको मोटर र ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । कम्पनीका अनुसार, एक पटकको फुल चार्जमा यसले ३४५ किलोमिटर (डब्लुएलटिपी) को रेन्ज दिन्छ ।
शाक्यले नेपालको सडक अवस्था र ट्राफिकका कारण वास्तविक रेन्जमा १०(२) किलोमिटरको सामान्य घटबढ हुन सक्ने बताए । सबै बिवाइडी गाडीहरूमा जस्तै यसमा पनि विश्वकै सबैभन्दा सुरक्षित मानिने ब्लेड ब्याट्री प्रविधिको प्रयोग गरिएको छ । नाडा अटो शोलाई लक्षित गर्दै कम्पनीले विशेष अफर सार्वजनिक गरेको छ । यद्यपि यसमा नगद छुटको व्यवस्था छैन, तर ग्राहकहरूले गाडीको मोटर र ब्याट्रीमा १० वर्षको विस्तारित वारेन्टी पाउनेछन् । सामान्यतया कम्पनीले ८ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ । गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि कम्पनीले नबिल बैंकसँग सहकार्य गरेको छ । नबिल बैंकमार्फत गाडी खरिद गर्दा ७ वर्षको लागि ८।२५ प्रतिशतको स्थिर ब्याजदरमा ऋण सुविधा उपलब्ध हुनेछ । अटो शोमा बिवाइडीले एटो टूका साथै सिल र एटो वान ९डल्फिन० पनि प्रदर्शनमा राखेको छ । कम्पनीले अवलोकनकर्ताहरूलाई बिवाइडीको स्टलमा आएर नयाँ प्रविधि र गाडीहरू अवलोकन गर्न तथा हालको अफरको लाभ उठाउन आग्रह गरेको छ ।