नेपाली कांग्रेस र नेकपा एमाले दुबै आकस्मिक बैठकमा
काठमाडौं । उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले दुबै आकस्मिक बैठकमा जुटेका छन् ।
नेपाली कांग्रेसले आज बिहान दश बजेबाट दिउँसो २ बजेका लागि संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । एक सांसदका अनुसार बैठकमा उपसभामुखसम्बन्धी विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ । यस्तै, नेकपा एमालेले पनि आफ्ना सांसदलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । संसदीय दलको कार्यालयमार्फत फोन गरेर सांसदहरूलाई उपस्थित हुन भनिएको एक सांसदले जानकारी दिए ।
सत्तापक्षले रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरिरहेको बेला प्रमुख दलहरूको आकस्मिक बैठकलाई राजनीतिक रूपमा महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।