भारत भ्रमणको उडान भैरहवाबाट गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । भैरहवास्थित विमानस्थललाई नियमित सञ्चालनमा ल्याउन दबाब स्वरूप रुपन्देहीका स्थानीय तहका प्रमुखहरू सम्मिलित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै आसन्न भारत भ्रमणको उडान भैरहवाबाटै गर्न आग्रह गरेको छ ।

संघर्ष समितिका संयोजक तथा सिद्धार्थनगरका मेयर इश्तियाक अहमद खाँले इमेलमार्फत पठाएको पत्रमा भनिएको छ, “प्रधानमन्त्रीज्यू भारत भ्रमण जाँदा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न विशेष आग्रह गर्दछौं । यसले विमानस्थल सञ्चालनका लागि आवश्यक कूटनीतिक पहलमा सकारात्मक सन्देश दिनेछ।” अर्बौं रुपैयाँ खर्च गरेर निर्माण भएको विमानस्थल नियमित सञ्चालनमा नआउँदा लुम्बिनी प्रदेशकै विकास रोकिएको र निजी क्षेत्रको लगानी समेत जोखिममा परेको समितिको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ अन्तिम साता भारत भ्रमण गर्ने निश्चित भएको छ । भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको निम्तो हस्तान्तरण गरेसँगै भ्रमण निश्चित भएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *