इम्बार्क कलेजलाई ‘उदाउँदो बी–स्कूल’ सम्मान

काठमाण्डौं । इम्बार्क कलेजले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्दै भारतको नयाँ दिल्लीमा आयोजित ‘इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५’ मा ‘इमर्जिङ बी–स्कूल’ उपाधि प्राप्त गरेको छ। नयाँ दिल्लीमा सम्पन्न सम्मेलनमा कलेजलाई व्यवसायिक शिक्षा क्षेत्रमा पुर्याएको योगदान, नवीन शैक्षिक दृष्टिकोण र छोटो अवधिमा प्राप्त उल्लेखनीय प्रगतिको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो। ‘यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुन पाउँदा हामी अत्यन्त गौरवान्वित छौं।

यो सम्मानले हाम्रो दृष्टिकोण, प्रतिबद्धता र नवाचारलाई प्रमाणित गर्दछ,’ इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिईओ आशिष ठाकुरले बताए। उनका अनुसार इम्बार्क कलेजले विश्वस्तरको शिक्षा प्रदान गर्दै जिम्मेवार व्यवसायिक नेतृत्व विकास गर्ने लक्ष्यसहित नवीन पाठ्यक्रम र व्यावहारिक अनुभवलाई जोड दिएको छ। ललितपुरमा अवस्थित इम्बार्क कलेजले रोहेम्प्टन विश्वविद्यालय सँग शैक्षिक साझेदारीमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले उद्योगसँग बलियो सहकार्य गर्दै विद्यार्थीलाई वैश्विक प्रतिस्पर्धामा सक्षम बनाउन केन्द्रित छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *