यशोदा फुड्सले शंखमुल खोल्यो नयाँ करेन्ट प्वाइन्ट

काठमाडौं । करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आउटलेट ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमुलमा सञ्चालनमा ल्याएको छ । नेपाली बजारमा हट एन्ड स्पाइसी नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाएको करेन्टले बुटवल र अनामनगरपछि नयाँ करेन्ट प्वाइन्ट खोलेको हो । करेन्ट पोइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। विशेषगरी, यहाँ ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स, र चिज पकेट जस्ता बिल्कुलै नयाँ र आकर्षक परिकारहरूको स्वाद लिन पाउनेछन् । साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलीसियस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

करेन्टका पारखीहरूले अब शंखमूलमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजा लिन सक्नेछन् । यसोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले काठमाडौंका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि शंखमूललाई पनि एउटा उत्कृष्ट गन्तव्य बनाउने कम्पनीको लक्ष्य रहेको बताए । यसोदा फुड्स सन् २०१७ मा स्थापना भएको हो । कम्पनीले ’करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ । नुडल्सबाहेक, कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू ९स्न्याक्स० पनि उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन नेपालभर र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *