यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ।
धर्मशास्त्र, ज्योतिष र संस्कृतिका विज्ञहरुसँगको बैठकपछि साइत तयार गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको हो। इन्द्रजात्राका कार्यक्रम भाद्र शुक्ल द्वितीयादेखि सुरु भएका छन् । आज बिहान ०९ः४६ बजे वन यात्रा सुरु भएको थियो भने आज राति ०९ः०३ बजे लिङ्गो काट्ने साइत छ । काटिएको लिङ्गो भदौ १५ गते भोटाहिटीबाट नगर प्रवेश गराइनेछ।
भद्र शुक्ल द्वादशीका दिन (भदौ १९ गते) बिहान १०ः३१ बजे इन्द्रध्वजोत्थान हुनेछ। मुख्य दिन भाद्र शुक्ल चतुर्दशीमा राष्ट्राध्यक्ष र अन्य प्रमुखले कुमारी इन्द्रयात्रा अवलोकन गर्नुहुनेछ। भद्र शुक्ल २२ गते माथिल्लो तोलको यात्रा, भद्र शुक्ल २६ गते नानिचा यात्रा र राति १०ः३२ बजे लिङ्गो ढालिने कार्यक्रम हुनेछ। यसरी १७ दिनसम्म इन्द्रजात्राका विभिन्न गतिविधि सम्पन्न हुने छन्।