अफगानिस्तानमा भूकम्पपछि मृत्यु हुनेको संख्या ८ सय बढी
काठमाडौँ । अफगानिस्तानमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुगेको छ ।
भूकम्पमा परी ८०० जना भन्दा बढीले ज्यान गुमाएको र २५०० भन्दा बढी घाइते भएको न्यूयोर्क टाइम्सले जनाएको छ। यो संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । आइतबार राति ११:४७ बजे नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । केन्द्र रहेको सहरमा २ लाख मानिस बस्थे तर भूकम्पबाट सबैभन्दा धेरै क्षति जलालवादको उत्तरी प्रान्त कुनारमा भएको छ। जहाँ ढुंगा र माटोले बनेका घरहरू थिए।
भूकम्प प्रभावित क्षेत्र दुर्गम र पहाडी इलाकामा रहेकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ । त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी संरचना नभएकाले क्षति बढेको बताइएको छ।