बंगलामुखी साकोसले सदस्यलाई उद्यमी बनाउन तीन दिने तालिमको आयोजना

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा न. २ बालकोटमा मुख्य कार्यालय रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई उद्यमी बनाउने भएको छ । सदस्यहरुलाई उद्यमी बनाउने उदेश्यले संस्थाले उद्यमी तालिमको आयोजना गरेको छ । संस्थाको महिला उपसमितिको आयोजनामा सुरु भएको तालिममा महिला सदस्यहरुलाई क्रिष्टल र मोतिको माला, ब्रास्लेट तथा झुम्काको माला बनाउने तालिम दिन सुरु गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने तालिममा सदस्यहरुमा सीप विकास गरी उनीहरुलाई स्वरोजगार बनाउने लक्ष्य संस्थाको रहेको छ । संस्थाको आफ्नै भवनमा तालिम आयोजना गरिएको र तालिमले सदस्यहरुमा सीप विकास गरी उद्यमी बन्न सघाउने प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले जानकारी दिए ।

यस अघि पनि संस्थाले सदस्यहरुलाई लक्षित गरी विभिन्न तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाई छ । वित्तीय रुपमा बलियो रहेको संस्थाको शेयर पुँजी १४ करोड ३४ लाख पुगेको छ । संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको साउन महिनाको वित्तीय विवरण अनुसार जगेडा कोष ३ करोड ६३ लाख,कुल बचत १ अर्ब १४ करोड ११ लाख र ऋण लगानी १ अर्ब ८ करोड ८४ लाख रहेको छ । संस्थामा २२।७५ प्रतिशत अर्थात २५ करोड ९४ लाख ६० हजार तरलता रहेको छ । संस्थामा ३ हजार ६५० सदस्य आवद्ध रहेका छन् । संस्थाको संस्थागत पुँजी ३ करोड ९७ लाख र अन्य कोषहरु ६ करोड ७७ लाख माथि रहेको छ । समुदाय र सदस्य केन्द्रीत वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले सदस्यहरुलाई आधुनिक र प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *