मिलिजुली कालिञ्चोक सहकारीको चाडपर्व लक्षित योजना

मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी चाडपर्वलाई लक्षित गर्दै विशेष ‘चाडपर्व व्यवसाय ऋण’ योजना सार्वजनिक गरेको छ। संस्थाले सदस्यहरूको व्यवसायिक आवश्यकता र मौसमी कारोबारलाई सहज बनाउन अधिकतम १० लाख रुपैयाँसम्म ऋण सुविधा उपलब्ध गराउने जनाएको छ। यस योजना अन्तर्गत ९ प्रतिशत मात्र ब्याजदरमा ऋण लिन सकिनेछ।
योजनाका प्रमुख विशेषताहरु यस्ता छन :
ऋण सीमा : अधिकतम १० लाख रुपैयाँ
म्याद : ६ महिना
किस्ता : दैनिक वा मासिक भुक्तानीको सुविधा
ब्याजदर : ९ प्रतिशत
सहकारीले ऋण लिने सदस्यले विगतका किस्ता समयमै तिरेको हुनुपर्ने, तीन महिनाभन्दा बढी सदस्यता पूरा गरेको हुनुपर्ने र विगतमा बचत गरेको हुनुपर्ने शर्त राखेको छ। संस्थाका अनुसार यस ऋण योजनाले चाडपर्वको समयमा साना व्यवसायी, खुद्रा व्यापारी तथा सेवा क्षेत्रमा संलग्न सदस्यलाई विशेष सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *