अवहेलना मुद्दामा सर्वोच्चले नारायणकाजीसँग माग्यो लिखित जवाफ
काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ गर्न भनेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो । श्रेष्ठले भदौ ६ गते आफ्नो फेसबुक पेजमा अदालतको अवहेलना हुने गरी लेखेको भन्दै मोरङ जिल्ला स्थायी घर भएका कानुनका विद्यार्थी आयुष दाहालले सर्वोच्चमा उनीविरुद्ध अवहेलनाको निवेदन दिएका थिए ।
श्रेष्ठले भनसुन र घुस बिना अदालतबाट न्याय नपाउने भन्दै सामाजिक सञ्जालमा लेखेर अनादर गरेको निवेदनमा जिकिर गरिएको थियो ।