‘प्रेम गीता’ को टिजर सार्वजनिक, माघ २३ देखि देशव्यापी प्रदर्शनमा आउने
काठमाडौँ । नेपाली चलचित्र ‘प्रेम गीता’ को टिजर सार्वजनिक भएको छ ।
राजेन्द्र बस्नेतको डेब्यु निर्देशनमा बनेको यस चलचित्र आगामी माघ २३ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने समेत टिजर मार्फत जानकारी दिइएको छ । ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको १ मिनेट लामो टिजरमा प्रेम, विछोड र समसामयिक कथाहरु झल्किन्छ । टिजरमा फिल्मका मुख्य कलाकारहरू जाहान्वी बस्नेत, साजिद खान, सुशिल पोखरेल लगायत अन्य कलाकारहरूको अभिनयलाई देखाइएको छ । चलचित्र एक तराईको केटा र पहाडकी केटीबीचको प्रेम सम्बन्ध वरिपरि घुम्ने निर्माण टिमले यस अघि नै बताइसकेको छ । टिजरले कथा केही रहस्यमय मोडमा पनि अगाडि बढ्ने संकेत दिएको छ।
ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्रमा जाहान्वी बस्नेत, साजिद खान, सुशील पोखरेल, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का, र ममता माझी लगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रका प्रस्तुतकर्ता साजिद खान र निर्माता अयाज अलि खान रहेका छन् । फिल्ममा विनयराज पौडेल मुख्य सहायक निर्देशकको रूपमा रहेका छन् । लेखन मौनता श्रेष्ठको रहेको छ भने रामेश्वर हुँमागाईले छायांकन, भरत बस्नेतले संगीत, राजु किराँतले द्वन्द्व निर्देशन र रामजी लामिछानेले कोरियोग्राफी सम्हालेका छन्।
टिजर हेर्नुहोस्