एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा छुट
काठमाडौं । एनआईसी एशिया बैंक र नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटबीच छुट सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सो होटलमा कुनै पनि सेवा लिँदा डिजिटल भुक्तानी गरे १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्दा छुट सुविधा लिन सक्नेछन् । बैंकले यस सहकार्यले ग्राहकलाई सहज सुविधा मात्र नभई देशभर डिजिटल भुक्तानी प्रवर्द्धन गर्न र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।