ट्वीटर (एक्स) दर्ताका लागि सरकारको सम्पर्कमा
काठमाडौं । ट्वीटर (एक्स) समेत दर्ताका लागि सरकारको सम्पर्कमा आएको छ ।
सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन हुन थालेसँगै एक्स सरकारको सम्पर्कमा आएको हो । सञ्चारमन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सूचीकरणबारे जानकारी मागिएको इमेल प्राप्त भएको जानकारी दिए ।
उनका अनुसार इमेल पाएसँगै यसबारे जानकारी गराइएको छ । पठाएका विवरणसहित सूचीकरणका लागि निवेदन दिएपछि निष्क्रिय सूचीबाट हट्ने छ ।