अटल पाँचकुण्ड साकोसको अध्यक्षमा कमलबहादुर राय निर्वाचित
काभ्रे । अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लिको नवौ वार्षिक साधारण सभाबाट कमलबहादुर राय अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा जनक तिमल्सिना सचिब जयराम कुईकेल कोषाध्यक्ष भरतबहादुर केसी सदस्यहरुमा राजाराम पराजुली, शिबप्रसाद पौड्याल, सुमित्रा तिमल्सिना र सावित्री बजगाई निर्वाचित भएका छन् । त्यसैगरी लेखा सुपरिबेक्षण समितिको संयोजक विष्णुप्रसाद शर्मा सदस्यमा विजुलीमाया श्रेष्ठ र राजेन्द्र तिमल्सिना रहेका छन् । संस्थाको वार्षिक प्रतिबेदन सचिब जयराम कुइँकेलले आर्थिक प्रतिबेदन कोषाध्यक्ष जनक तिमल्सिनाले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदनको संयोजक विष्णुप्रसाद शर्माले सभामा प्रस्तुत गरेका थिए ।

संस्थाको कुल शेयर पुजीं ३ करोड ९ लाख ७० हजार, कुल निक्षेप ३४ करोड २१ लाख ७५ हजार, ऋण लगानी २८ करोड १ लाख ९६ हजार रहेको जनाएको छ । संस्थाले सदस्यहरुलाई सुत्केरी भेटघाट, बाल बचतकर्तालाई स्टेश्नरी वितरण, सहानुभुति राहत कोष, रेमिट्यान्स सेवा, स्वास्थ्य उपचार सहयोग, उत्कृष्ट मासिक सदस्य पुरस्कार लगाएतका सेवा प्रदान गर्दै आएको जनाएको छ । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, प्रस्कुनका महासचिब गोविन्द काफ्ले, जिल्ला बचत सघंका बरिष्ठ उपाध्यक्ष सागर कपाली, पुर्व वडा अध्यक्ष रविन्द्र कर्मचार्य, संस्थाका सल्लाहार हरिकृष्ण तिमल्सिना लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष दिपक प्रसाद दाहालले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष कमलबहादुर रायले गरेका थिए ।