किसान महासंघको मतदान सकिने क्रममा विवाद उत्पन्न भएर मतदान बिथोलियो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको महाधिवेशन बिथोलिएको छ। महासंघको चौथो महाधिवेशन बिहीबार देखि सुरु भएको थियो। सर्वसहमत नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रिया सुरु गरिएको थियो। शनिबार साँझ मतदान सकिने क्रममा विवाद उत्पन्न भएर मतदान बिथोलिएको हो ।

किसान महासंघको महाधिवेशन सभापति शेरबहादुर देउवाले त्रिवि कीर्तिपुरमा बिहीबार उद्घाटन गरेका थिए । नयाँ नेतृत्वको लागि मतदान पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *