बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि १४ जनाको नाम सार्वजनिक
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले आवेदन दिएका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । भदौ १३ गतेको निर्णयअनुसार समितिले आवेदन फाराममार्फत प्राप्त भएका विवरणहरू अध्ययन गरी १४ जनाको नाम सार्वजनिक गरेको हो । सिफारिस समितिले प्रकाशन गरेको सूचीमा ललितपुर, काठमाडौं, भक्तपुर, कास्की, झापा, मोरङ, लमजुङ र दाङसहितका जिल्लाका उम्मेदवार परेका छन् ।
सार्वजनिक नामसूचीमा परेका उम्मेदवारहरूः
१. महेन्द्र न्यौपाने (भक्तपुर)
२. चिरञ्जीव पाण्डे (काठमाडौं)
३. पारस कार्की (भक्तपुर)
४. विष्णुबाबु मिश्र (काठमाडौं)
५. बुद्दकाजी श्रेष्ठ (काठमाडौं)
६. डा. दामोदर बस्नेत (कास्की)
७. चिरञ्जीवी शिवाकोटी (काठमाडौं)
८. ज्ञानेन्द्र अधिकारी (झापा)
९. देवकुमार कर्ण (मोरङ)
१०. प्रा.डा. दीपक बहादुर भण्डारी (लमजुङ)
११. डा. गंगाधर ढकाल (काठमाडौं)
१२. रामकृष्ण न्यौपाने (दाङ)
१३. रमेशकुमार भण्डारी (काठमाडौं)
१४. घनश्याम बुधाथोकी (ललितपुर)
अर्थ मन्त्रालयले प्रकाशित गरेको सूचनामा सिफारिस समितिबाट छनोटका लागि आवेदन दिएकामध्ये योग्य उम्मेदवारहरूको विवरण सार्वजनिक गरिएको र आवश्यक प्रक्रिया पूरा गरी समितिले अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्ने जनाएको छ ।