रियलमीको नोट ७० नेपाली बजारमा सार्वजनिक

काठमाण्डौं । विश्वमै तीव्र गतिमा बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडल ‘रियलमी नोट ७०’ नेपाली बजारमा सार्वजनिक गरेको छ। शक्तिशाली ६३००mAh क्षमताको ब्याट्रीसहित आएको यस फोनले एकचोटि चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ। रियलमी नोट ७० मा १५W फास्ट चार्जिङ र ६W रिभर्स चार्जिङ सुविधा उपलब्ध गराइएको छ, जसले प्रयोगकर्तालाई डाउनटाइम कम गर्न सहयोग पुर्‍याउँछ। टिकाउपनका लागि मिलिटरी-ग्रेडको मजबुती र आर्मरशेल प्रोटेक्सन दिइएको यस मोडललाई १.८ मिटर उचाइसम्मबाट खस्दा पनि सुरक्षित रहने दाबी गरिएको छ।

साथै, यसमा सोनिक वेभ इजेक्सन टेक्नोलोजी र IP५४ डस्ट एण्ड वाटर रेजिस्टेन्स समावेश गरिएको छ, जसले यसलाई आफ्नो वर्गकै सबैभन्दा टिकाउ स्मार्टफोन बनाएको कम्पनीको भनाइ छ। ७.९४ mm को अल्ट्रा–स्लिम बडी र २०१ ग्राम वजनको हलुका फ्रेमले फोनलाई शैली र टिकाउपन दुवैमा सन्तुलन दिएको छ। ९०Hz आइ कम्फर्ट डिस्प्लेले लामो समयसम्म प्रयोग गर्दा आँखामा थकान कम गराउने सुविधा दिन्छ। यसमा १३MP AI क्यामेरा रहेको छ भने युनिसोक T७२५० अक्टा–कोर चिपसेटले स्मूथ मल्टीटास्किङ सुनिश्चित गर्छ। मनोरञ्जनमा रुचि राख्नेका लागि नोट ७० मा ३००% अल्ट्रा बूम स्पिकर राखिएको छ। त्यस्तै, स्मार्ट पल्स लाइट फिचरले स्टाइलिश तरिकामा नोटिफिकेसन अलर्ट देखाउने सुविधा दिएको छ। रियलमी नोट ७० दुई स्टोरेज भेरियन्टमा उपलब्ध छ– ४GB+६४GB को मूल्य रु. १३,९९९ र ४GB+१२८GB को मूल्य रु. १४,९९९ तोकिएको छ। गोल्ड र अब्सिडियन ब्ल्याक रंगमा उपलब्ध यो फोन शक्तिशाली ब्याट्री, मजबुत संरचना र स्मार्ट फिचरसहित एण्ट्री–लेभल स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *