प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुग्यो
काठमाडौं । जेन–जी प्रदर्शनमा नयाँबानेश्वरमा प्रदर्शनका क्रममा घाइते भएर ट्रमा सेन्टर लगिएका थप दुई जनाको मृत्यु भएको छ । यो सँगै जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २ जना, टिचिङ र केएमसी अस्पतालमा एक(एक जनाको मृत्यु भइसकेको छ ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।