भाटभटेनीमा लुटपाट गर्ने ४ जना पक्राउ
काठमाडौं । महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाट प्रकरणमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । देशभर नेपाली सेना र अन्य सुरक्षा निकाय तैनाथ भएपछि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोडफोड र चोरीमा संलग्न व्यक्तिहरु क्रमशः पक्राउ परेका हुन् ।
डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरु सुरक्षाकर्मीलाई देखेर फरार हुँदा त्यहाँबाट नेपाली नगद २ लाख ३२ हजार ५०० रुपैयाँ र अमेरिकी डलर २५ सय (दुबै गरेर ५ लाख ८० हजार नेपाली रुपैयाँ) बरामद गरिएको सेनाले जनाएको छ । त्यस्तै, सुरक्षाकर्मीले लुटिएका हतियारमध्ये थप एक नाल फेला पारेसँगै हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको जानकारी दिएको छ ।